राजनीति


१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ९:५७, काठमाडौँ

विगत दुई साता भन्दा लामो समयदेखि कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ।

बैठक शुक्रबार अपराह्न ३ बजे बस्नेगरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री पनि जोडिएको आरोप लगाउँदै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। 

विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ। माओवादी केन्द्रसहितका विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन्। 

पटकपटकका छलफलपछि अब सहमतिको नजिक पुगिएको नेताहरुले बताउन थालेका छन्। तर अहिलेसम्म दलहरुबीच संसद् खोल्नेगरि ठोस सहमती चाहीँ भइसकेको छैन।

ठोस सहमती नभइसकेकाले आज पनि बैठक सञ्चालन हुने नहुने निश्चित छैन। 

बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो। 

विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै आएका छन्। 

हेर्नुहोस् आजको कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad