कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सबैलाई सम्बोधन गर्नेगरी आएको दाबी गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित‘आर्थिक वर्ष २०८२/८३को बजेटले उपभोक्ता बजार आपुर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विगतका वर्षहरुभन्दा अगामी आर्थिक वर्षको बजेट सकारात्मक ढंगबाट आएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।
उनले बजेटले कृषि क्षेत्रको व्यापक सुधारको खाका कोरेको समेत बताए। उनले स्थानीयस्तरमा उत्पादित स्वस्थ्य र पोषणयुक्त खाद्यवस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्नेगरी बजेट आएको जिकिर गरे।
अधिकारीले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम अघि सारिने समेत बताए।
'दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेति प्रवद्र्धन कार्यक्रम गरिने कुरा समेत अघि सारिएको छ। हामीले चैते धानलाई प्रवद्र्धन गर्नेगरी कुरा अघि बढाएका छौँ’ उनले भने।
Shares

प्रतिक्रिया