राजनीति


प्रधानमन्त्रीको सम्बोधनमाथि पूर्वप्रधानमन्त्री भट्टराईको आलोचनात्मक प्रतिक्रिया

प्रधानमन्त्रीको सम्बोधनमाथि पूर्वप्रधानमन्त्री भट्टराईको आलोचनात्मक प्रतिक्रिया

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:४,

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका केही विषयप्रति आपत्ति जनाएका छन्।

कोरोना भाइरस (कोभिड १९)का कारण उपन्न परिस्थिति र यो महामारी रोक्नका लागि सरकारले गरेका प्रयासहरुबारे जानकारी दिन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका थिए।

प्रधानमन्त्रीको सम्बोधनमाथि प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले सम्बोधनमा जनतालाई जीवन र स्वतन्त्रतामध्ये एक रोज्नुपर्ने बताएको भन्दै आपत्ति जनाएका हुन्। उनले संकटको बेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा सम्बोधन गर्नु राम्रो भए पनि यसखालको अभिव्यक्ति आउनु दुखद् भएको बताए। उनले लोकतन्त्रमा स्वतन्त्रता र दुवै अपरिहार्य भएको बताएका छन्।

अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले सरकार र मन्त्रीहरुको कार्यशैलीप्रति भएको आलोचनालाई बेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति भएको बताएका छन्।

‘संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा सम्बोधन गर्नु राम्रो हो। तर, प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ’, अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।’

यसअघि राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सम्बोधनमा सम्पूर्ण कुराहरु आएको र त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने प्रतिक्रिया दिएका थिए।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि मंगलबार प्रधानमन्त्री ओलीले दोस्रोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन्।

याे पनि : यस्तो छ प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad