राजनीति


संसद सचिवालयबाट काेराेना नियन्त्रण काेषमा एक करोड सहयोग

संसद सचिवालयबाट काेराेना नियन्त्रण काेषमा एक करोड सहयोग

नेपालखबर
चैत २५, २०७६ मंगलबार ८:५२,

कोरोना नियन्त्रण विशेष कोषमा संसद सचिवालयबाट १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ सहयोग गरेको छ। प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित केही सांसदहरुले दिएको सहयोग रकमबाट सचिवालयले मंगलबार महालेखा नियन्त्रकको कार्यालय मार्फत एकमुस्ट रुपमा सो रकम जम्मा गरेको हो।

सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देलले दिएको जानकारी आनुसार आज पठाइएको रकम प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको छ।

यस्तै, नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदानको रकम पनि पठाइएको छ। पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवकाे एक र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको आधा महिना बराबरको तलब पनि कोषमा पठाइएको छ।

सचिावलयले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेकको तलब गएको साउन १ गतेदेखि वृद्धि भएको तर उनीहरुको हकमा समिति निर्माणमात्रै भएको भन्दै सभामुख र अध्यक्षको तलबभन्दा उपाध्यक्षको तलब बढी देखिएको स्पष्ट पारेको छ।

92318798_653629318809254_8360366279336394752_n_1.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad