राजनीति


आज पनि संसद्का दुवै सदनको बैठक

आज पनि संसद्का दुवै सदनको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ७:१९, काठमाडौँ

संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछ। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १५ गते अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न दिएका माओवादीसहितका विपक्षी दलले त्यसयताका बैठक चल्न दिएका छैनन्।

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

त्यसैगरि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीसमेत छ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।

प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आए पनि राष्ट्रियसभाको बैठक भने विनाअवरोध सञ्चालनमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad