राजनीति


भिजिट भिसा प्रकरणको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन : माओवादी

भिजिट भिसा प्रकरणको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन : माओवादी

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १९:३७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने बताएका छन्।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरुको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानबिनका लागि सरकार तयार हुनुपर्ने बताए। अख्तियारले केही कर्मचारीमाथि छानबिन गरिरहेको भएपनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानविन हुनुपर्ने उनको भनाइ छ। 

‘सुशासनको मुद्दामा त सबै एकै ठाउँमा हुनुपर्‍यो नि,’ पाण्डेले भने, ‘भिजिट भिसामा त नेपालका धेरै जनता जानुहुन्छ। त्यहाँ गैरकानुनी ढंगले जाने विषयवस्तु जुन व्यापक रुपमा आइरहेको छ, यो उठाउन खोजेको हो हामीले। त्यही विषयमा छानबिन समिति बनाऔँ भन्ने हाम्रो माग हो।’ 

उनले थपे, ‘उहाँहरु अख्तियारले त छानबिन गराइहाल्छ नि भन्नुहुन्छ। त्यो त एकदुई कर्मचारीको विषयमा छानबिन भइरहेको होला। तर भिजिट भिसामा त विभिन्न एजेन्सीहरु पनि लागे भन्ने छ। त्यसको लागि भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।’

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad