राजनीति


नागरिकतासम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ : सभापति खतिवडा

नागरिकतासम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ : सभापति खतिवडा

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८२ बिहिबार ११:३५, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताए। 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिको बैठकमा बिहीबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल भएको हो। छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उनको भनाइ छ। 

‘हामी सबैको चाहना छिटो होस् भन्ने हो, यो अति आवश्यक र महत्वपूर्ण कानुन हो,’ खतिवडाले भने, ‘यसलाई छिटो छिटो भन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ। यसमा सबै मान्यज्यूहरु सकारात्मक हुनुहुन्छ। यसै सन्दर्भमा मिल्छ की सरकारले अर्को ल्याउनुपर्छ, ब्रिटिस आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि एउटा धारणा आओस्।’

सभापति खतिवडाले ब्रिटिस आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा राखे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad