नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने जनाएको छ।
बिहीबार बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले पहल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
‘हामी एउटा जिम्मेवार प्रतिपक्षका रुपमा छौँ। एउटा निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले निकास निकाल्न लाग्नेछौँ,’ सापकोटाले भने, ‘जो असाध्यै गम्भीर विषय छ, ती विषयहरुमा छानबिन अपरिहार्य छ। र, मुख्य चाहिँ छानबिन हो। हाम्रो व्यक्ति विशेषमा त्यति ध्यान छैन।’
भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।
प्रतिपक्षी दलहरुको असहयोगको कारण मंगलबार र बुधबारको बैठक बस्दै नबसी स्थगित भएको थियो। प्रतिनिधिसभाको बैठक आज पनि बस्नेगरि संसद् सचिवालयले सूचना जारी गरेको छ। तर, बैठक बस्ने नबस्ने निश्चित छैन।
संसद्को गतिरोध नहट्दा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलसमेत सुरु हुन सकेको छैन।
Shares

प्रतिक्रिया