राजनीति


विपक्षी दलको बैठक बस्दै

विपक्षी दलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८२ बिहिबार ११:१६, काठमाडौँ

संसद्‌मा जारी गतिरोध हटाउने विषयमा छलफल गर्न आज (बिहीबार) विपक्षी दलको बैठक बस्दै छ। 

अहिले केही बेरमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दल सहभागी हुनेछन्। 

बैठकमा सदनको गतिरोध फुकाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। 

साथै बैठक भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगले गरिरहेको छानबिनमा गृहमन्त्री रमेश लेखकले कसरी सहयोग पुर्‍याउँछन् भन्ने विषयमा पनि कुरा हुने बताइएको छ। 

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखककै राजीनामा माग्दै विपक्षी दलले केही दिनदेखि संसद् बैठक सञ्चालन हुन दिएका छैनन्। 

सदन खुलाउन सभामुख देवराज घिमिरेले पनि प्रयास गरिरहेका छन्। 

यस क्रममा उनले विपक्षी दलहरूसँग पटकपटक छलफल गरे पनि सहमत गराउन सकेका छैनन्। 

विपक्षी दल गृहमन्त्रीले राजीनामा दिनैपर्ने अडानमा छन्। 

उता सत्तापक्ष भने गृहमन्त्रीले संसद्‌मा बोल्न पाउनुपर्ने र राजीनामा दिनुपर्ने कारण नभएको जिकिर गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad