डा.बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झण्डा र लोगो दुरुपयोग भएको पाइएको छ।
बाराको महागढीमाई नगरपालिका- ६ निवासी रमेशप्रसाद यादवले नेसपा नयाँशक्तिको झण्डा र लोगो दुरुपयोग गरेका भन्दै निर्वाचन आयोगले यादवलाई सचेत गराएको छ।
आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीले शुक्रबार पत्र पठाउँदै यादवलाई सचेत गराएका हुन्।
यादवले आफूलाई साे पार्टीकाे महासचिव उल्लेख गर्दै नेसपा नयाँ शक्तिको झण्डा, लोगो र लेटरप्याड अनधिकृत रुपमा दुरुपयोग गरेको भन्दै सो पार्टीले आयोगमा उजुरी गरेको थियो।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामको राजनीतिक दल २०७८ फागुन ५ गते आयोगमा दर्ता भएको र आफूलाई महासचिव दावी गर्दै विज्ञप्ति जारी गर्ने यादव सो पार्टीको कुनै पनि पदमा नरहेको आयोगले जनाएको छ।

270
Shares

प्रतिक्रिया