राजनीति


राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस् : सांसद तामाङ

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस् : सांसद तामाङ

नेपालखबर
जेठ २१, २०८२ बुधबार ११:२८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताएका छन्।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिकोराजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गरे। 

‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो,’ तामाङले भने, ‘त्यसलाई पूरै फिर्ता लिएको छ। नियमित सुविधान पनि खोसिएको छ। आन्दोलनका क्रममा घाइते भएका छन्। कसैको हात भाँचिएको छ। टाउको फुटेको छ। उनीहरुको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ।’

सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad