नेपाली समाज मलेसिया गठन भएको छ। विनोद कुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। जसको उपाध्यक्षहरूमा पूर्वराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा उक्त ३१ सदस्यीय समिति गठन भएको हो। कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकको भनाइ छ। नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
Shares

प्रतिक्रिया