दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रेल कार्यालयमा पुगेका छन्। मन्त्री दाहालले कोरेल कर्पोरेसनको कार्यालय पुगेर रेल सेवासम्बन्धी छलफल तथा अन्तर्क्रिया गरेका हुन्।
मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिले रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुनसक्ने सहकार्य गर्न सकिने बताए।
यसअघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरूबीच समेत नेपालमा रेल सेवाको विकास र अध्ययनबारे छलफल भएको थियो।
उक्त छलफलपश्चात् भएका समझदारीहरुबारे समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए।
75
Shares

प्रतिक्रिया