राजनीति


बामे सरेको चालले होइन, अब रकेट चालले विकास गर्नुपर्छ : प्रधानमन्त्री

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोड्ने चेतावनी
बामे सरेको चालले होइन, अब रकेट चालले  विकास गर्नुपर्छ : प्रधानमन्त्री

नेपालखबर
जेठ १८, २०८२ आइतबार १८:५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने चेतावनी दिएका छन्।

मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आइतबार जनुकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरे।

सुशासन र विकासमा जोड दिँदै उहाँले भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे। 

‘भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ति हो, भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला,’ ओलीले भने, ‘तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ। एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ, अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ। त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन। ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ।’

उनले थपे, ‘यो जमाना प्रविधि र एआईको जमना हो। यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ। बामे सरेर हुदैन। त्यस कुरामा सरकारको ध्यान गएको छ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमीका रुपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए। 

उनले चुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रंगशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad