राजनीति


यी हुन् कमल थापासँगै पक्राउ परेका आन्दोलनकारी

यी हुन् कमल थापासँगै पक्राउ परेका आन्दोलनकारी

नेपालखबर
जेठ १८, २०८२ आइतबार १६:२, काठमाडौँ

गणतन्त्रको विरोधमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन्।  

राजावादीको भिडलाई उक्साएको आरोपमा थापासहितलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए। 

पक्राउ परेका ६ जनालाई अहिले परिसरको हिरासत कक्षमा राखिएको छ। 

भिडिओ:

जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad