फोटोफिचर


पूर्वगृहमन्त्री कमल थापालाई लछारपछार पार्दै प्रहरीले लियो नियन्त्रणमा (तस्बिरहरू)


नेपालखबर
जेठ १८, २०८२ आइतबार १५:३३, काठमाडौँ

राजावादीहरूको प्रदर्शनका क्रममा शाहीकालीन गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको छ।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापालाई प्रहरीले काठमाडौँको नक्सालस्थित नारायण चौरबाट नियन्त्रणमा लिएको हो।

राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएको कारण नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले नेपालखबरलाई जानकारी दिए।  

जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादी संगठनले प्रदर्शन गरिरहेका छन्।  

राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो। उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए। केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल भएको थियो।

भिडिओ:

राजावादीले काठमाडौँको नारायणहिटी आसपास पनि प्रदर्शन गर्ने तयार गरेपछि उक्त क्षेत्र प्रशासनले निषेधित घोषणा गरेको थियो।

२०६२-६३ को जनआन्दोलन उत्कर्षमा पुगिरहँदा गृहमन्त्री थापा नै थिए। त्यसबेला लोकतन्त्रको पक्षमा भइरहेको आन्दोलनका सहभागीहरूमाथि गोली चलाउन र ठूलो संख्याका नेता–कार्यकर्तामाथि धरपकड गर्न आदेश दिने थापा नै थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad