राजनीति


कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी: खास लडाइँ भोलिबाट हुन्छ

कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी: खास लडाइँ भोलिबाट हुन्छ

नेपालखबर
जेठ १८, २०८२ आइतबार १५:२७, काठमाडौँ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने चेतावनी दिएका छन्। राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले भोलिदेखि खास लडाइँ सुरु हुने बताएका हुन्। 

'कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ- कमल थापालाई यहीँ ल्याइदिनुस्,' उनले भने, 'होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउछौँ खास लडाइँ भोलिबाट हुन्छ। अब एक ठाउँबाट भेला भएर होइन ५० ठाउँबाट निस्किन्छौँ। अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।'

उनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै एक एक गरेर नभई देशभरबाट सिंगै परिवार लिएर सडकमा उत्रिने चेतावनी पनि दिए।  

उनले थपे, 'हामीलाई कहिले यता जा भन्ने, त्यता जा भन्ने। नेतालाई गिरफ्तर गर्ने?  भोलिदेखि हामी देखाउँछौँ।'

राजावादीहरूले जहाँ जा भन्यो त्यहाँ गएर प्रदर्शन गरिरहेको कुरालाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए। 'यो गणतन्त्र ढिलो चाँडो ढाल्ने नै हो। म प्रधानमन्त्री र गणतन्त्रवादीहरुलाई भन्छु- गइसकेको राजतन्त्र कसरी फर्किन्छ भन्नुहुन्छ। हामी देखाउँछौँ' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad