राजनीति


बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:४३, काठमाडौँ

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। 

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ। 

त्यसको एक घण्टाअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। मन्त्रिपरिषद् बैठकले सम्भवत: बजेट पास गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad