राजनीति


विपक्षीको निर्णय: बजेट पेस गर्न दिने, गृहमन्त्रीको राजीनामा मागिरहने

विपक्षीको निर्णय: बजेट पेस गर्न दिने, गृहमन्त्रीको राजीनामा मागिरहने

नेपालखबर
जेठ १४, २०८२ बुधबार १३:३८, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेख लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार बजेट पेस गर्दा भने अवरोध नगर्ने भएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो। 

'बजेट आउने दिन संविधानमा किटान गरेको कुरा छ। यसलाई हामीले मान्नैपर्छ अटेर हुने कुरा भएन,' बैठकमा भएको निष्कर्ष सुनाउँदै माओवादी सांसद लेखनाथ दाहालले भने, 'बजेट पेस हुने बैठकमा चाहिँ लचिलो हुने भन्नेछ।' 

उक्त बैठकले गृहमन्त्रीको राजीनामा नै विपक्षीको बटम लाइन भएको निर्णय गरेको पनि उनले सुनाए।   

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने  र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन्। कांग्रेस पदाधिकारी बैठकले त उनले राजीनामा नदिने निर्णय नै गरिसकेको छ।  
आजको बैठकमा लेखकले जवाफ दिने तयारी गरेका थिए। तर विपक्षीले अवरोध गरेपछि ११ बजे भनिएको बैठक १ बजे सुरु भए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad