कारोबार


भोलि दिउँसो ३ बजे बजेट, २:४५ मै उपस्थित हुन सांसदहरुलाई आग्रह, यस्तो छ संसद् कार्यसूची

भोलि दिउँसो ३ बजे बजेट, २:४५ मै उपस्थित हुन सांसदहरुलाई आग्रह, यस्तो छ संसद् कार्यसूची

नेपालखबर
जेठ १४, २०८२ बुधबार १७:५६, काठमाडौँ

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्ने भएका छन्। 

संघीय संसद्को दैनिक कार्यसूचीमा अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने समय अपराह्न ३ बजेलाई तोकिएको हो। 

त्यसअगाडि दिउँसो १ः३० बजे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। 

त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री पौडेलले बजेटअघि नै प्रतिनिधिसभामा दिउँसो १ः३० मा र दिउँसो १ः४५ बजे राष्ट्रियसभामा ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची राखिएको छ। 

संसद् सचिवालयका अनुसार बजेट पेस हुने समय ३ बज्नुअगावै सबै सांसदहरुलाई २ः४५ बजेअगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन भनिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad