समाज


ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय युवकको मृत्यु, १७ वर्षका किशोर घाइते

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय युवकको मृत्यु, १७ वर्षका किशोर घाइते

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:४७, काठमाडौँ

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति कृष्णपुर नगरपालिका- २ वाणीस्थित ४ नम्बर गल्ली नजिक भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किका हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक वाणी शिविरका २३ वर्षीय आशिक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
गएराति ८ बजेतिर वाणीमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको से २ त २५३ नम्बरको ट्याक्टर र विपरित दिशातर्फ जाँदै गरेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

दुर्घटनामा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार वाणीकै १७ वर्षीय विक्रम चौधरी घाइते भएका थिए। 

गम्भीर घाइते चालक रानाको उपचारको क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइने चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टर र चालक कृष्णपुर नगरपालिका ४ बेलकुण्डीका ४५ वर्षीय तेज बहादुर डगौँरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad