राजनीति


गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

नेपालखबर
जेठ १४, २०८२ बुधबार १७:१३, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्नो त्यसमा कुनै पनि संलग्नता नभएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले आफूमाथि लागेका आारोपको प्रतिवाद गरेका हुन्।

‘त्रिभुवन अध्यागमनका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर उनीसँग रहेका कागजात र मोबाइल डिभाइसहरू सञ्चारमाध्यमबाट जानकारी पाएँ,’ लेखकले भने,‘अख्तियारले अनुसन्धान थालेको यस विषयलाई लिएर मन्त्रीको संलग्नता छ भन्ने गरी विचारहरू अभिव्यक्त भएका छन्।’

 उनले थपे, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ।'

उनले यसबारे आफूले संसद्मै धाराणा राख्न चाहेको भए पनि विपक्षी दलहरुको अवरोधका कारण त्यो पूरा हुन नसेकको बताए। ‘सम्मानीत सदनमै आफ्ना धारणा राख्न सभामुखलाई आग्रह गरेको थिएँ,’ लेखकले भने, ‘हिजोको प्रतिनिधिसभाको बैठकमा पनि राख्न सकिनँ। आज पनि बैठक थियो विषय राख्न समय माग गरेको थिएँ। विषय राख्ने अवसर प्राप्त गरिनँ। प्रतिपक्षी साथीहरूको अवरोधका कारण सदनमार्फत राख्न चाहेको तर नसकेको कुरा यहाँ राखेर सबै सञ्चारमाध्यममार्फत नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई जानकारी होस् भनेर हामी प्रस्तुत भएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad