भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले यस प्रकरणको अनुसन्धानमा आफ्नो सहयोग रहने बताएका छन्।
आफूलाई लागेको आरोपबारे बुधबार पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले त्यसको स्वतन्त्र निकायले छानबिन गर्नुपर्ने मत राखे।
‘संवैधानिक निकायले गर्ने कामकारबाहीलाई मेरो सहयोग हुन्छ,’ लेखकले भने, ‘स्वतन्त्र निकायलाई स्वतन्त्र अनुसन्धान गर्न दिएर निष्कर्ष निकाल्न दिनुपर्छ।’
लोकतन्त्र र विधिको शासनका लागि आफू लड्दै आएको भन्दै उनले आफ्नो व्यवहारले पनि त्यसलाई पुष्टि गर्ने तर्क गरे।
‘लोकतन्त्र र विधिको शासनको लागि लड्दै आएको छु,’ लेखकले भने, ‘यस्तो व्यक्तिले सहयोग र थप कारबाही होस् भन्ने गरी क्रियाकलाप गरिरहेको छु, जुन मेरो विगतका क्रियाकलापले पुष्टि गर्छ।’
381
Shares

प्रतिक्रिया