उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार बजेटको बारेमा ब्रिफिङ गर्न मन्त्री पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ। बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संसद्मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन्।
237
Shares

प्रतिक्रिया