स्याङ्जाको वालिङमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।
सोमबार राति १ः२० बजे वालिङ नगरपालिका ११ तल्लो पेखुका ४५ वर्षीय मुक्तबहादुर थापा घाइते भएका हुन्।
कुखुराको खोरमा चितुवा पसेपछि हेर्न जाँदा उनलाई चुतुवाले आक्रमण गरेको थियो।
टाउको र बायाँ हातमा चोट लागेका थापालाई प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ।
चितुवाले २ वटा कुखुरा मारेको र दुई वटालाई घाइते बनाएको छ।
270
Shares

प्रतिक्रिया