राजनीति


कांग्रेस बैठकमा शशांकको प्रस्ताव: शेखर, राजेन्द्र र सुनीललाई स्पष्टीकरण सोध्नैपर्छ, उपाय छैन

कांग्रेस बैठकमा शशांकको प्रस्ताव: शेखर, राजेन्द्र र सुनीललाई स्पष्टीकरण सोध्नैपर्छ, उपाय छैन

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:१४, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने पार्टीका तीन नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेका छन्।  

पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले डा शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका हुन्। 

'नेताहरूलाई बोलाउनुस्, समाधान निकाल्नुस् र उहाँहरूलाई केके कुरा भएको हो सोध्नुस्,' उनले भने, 'शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् भनेर प्रस्ताव गरेँ। सभापति (सभापति शेरबहादुर देउवा) ले केही भन्नुभएन। हेर्छु मात्रै भन्नुभयो। मलाई लाग्छ, यो गर्नैपर्छ। उपाय छैन।'

आज बसेको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकटस्थ उच्च अधिकारी एवं सचिवालय सदस्यहरू संलग्न रहेको आरोप लागेको छ। यसै विषयलाई लिएर पार्टीभित्रका केही नेता र अन्य प्रतिपक्षी दलका नेताहरूले उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरिरहेका छन्। 

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहितका कर्मचारी मुछिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad