राजनीति


बत्ती नजाँदै गयो भनेर आतंक फैलाउनेको नम्बर प्रहरीलाई दिनूस्: ऊर्जामन्त्री खड्का

बत्ती नजाँदै गयो भनेर आतंक फैलाउनेको नम्बर प्रहरीलाई दिनूस्: ऊर्जामन्त्री खड्का

नेपालखबर
जेठ १२, २०८२ सोमबार १२:१५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बत्ती नजाँदै गयो भनेर आतंक फैलाउनेको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरेका छन्।

आइतबार साँझ कुलेश्वरस्थित ‘नो लाइट शाखा’अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले गलत कुरा गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।

मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउने उल्लेख गरे।

‘धेरैजसो अझै पनि फेक कलहरू आइरहेको कुरा गर्नुभएको छ,’ मन्त्री खड्काले भने, ‘२४ सै घण्टा टेलिफोन उठाउने र २४ सै घण्टा अवरुद्ध भएको ठाउँमा सप्लाइ पनि दिने। उहाँहरू ट्याली पनि गर्नुहुँदोरहेछ। म कहाँ बत्ती आयो, भनेर जसले भन्नुहुन्छ, यो एरियामा गयो भन्नुहुन्छ, उहाँहरूले क्रस चेक गर्नुहुँदो रहेछ। क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ। कुनै कुनै कारणले र्‍युमर गरिरहेको हो भने र्‍युमर नगरिदिनु हुन आग्रह गर्न चाहन्छु। त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिस कहाँ दिनुहोला। आतंक फैलाउने हिसावले काम गर्नेलाई दण्डित पनि गरिन्छ।’

उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताए। कृत्रिम कुराहरू प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताउँदै मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको उल्लेख गरे। 

‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन, हामी के चाहन्छौँ भने सुरक्षित र भरपर्दो विद्युत उपभोक्ताले प्राप्त गर्न सकुन् भन्ने चाहन्छौँ,’ खड्काले भने, ‘बाहिर बजारमा हल्ला गरिएको जस्तो विषय होइन। हावाहुरी, चट्याङका कारण कतै अवरुद्ध हुन पुग्ने र त्यसका कारण बत्ती रोकिने विषय हो। त्यसो भएको कारणले यो गत वर्ष पनि थियो, अघिल्लो वर्ष पनि थियो।’

उनले थपे, ‘भोलि पनि हवाहुरी आएको बेलामा जुन मान्छेको काबु बाहिर हुँदा यस्ता घटना हुने गर्दछन्। त्यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न गरिरहनुभएको छ। कृत्रिम कुराहरू प्रचार प्रसार गरिएको पाइन्छ। त्यस्तो अवस्था होइन। हामीले अहिले आयात गरेका छैनौँ। हाम्रो विद्युत बढी भइरहेको छ। आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ। उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु हिजो भन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ। हल्लाका पछि नलाग्नु होला।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad