सत्तारुढ नेकपा (एमाले)ले भातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे छलफल गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकमा यसबारे छलफल भए पनि कुनै टुंगोमा नपुगिएको सचिव पद्मा अर्यालले जानकारी दिइन्।
अनेरास्ववियुको आगामी जेठ २५–२८ गते कीर्तिपुरमा २४औं राष्ट्रिय सम्मेलन हुँदैछ।
३२ वर्षे उमेर हद लागू भएमा अनेरास्ववियुबाट धेरै विद्यार्थी नेताहरु बाहिरिनेछन्।
108
Shares

प्रतिक्रिया