राजनीति


युवा संघमा अन्ततः चुनाव, वर्तमान अध्यक्ष क्षितिज र महासचिव सुमनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए

युवा संघमा अन्ततः चुनाव, वर्तमान अध्यक्ष क्षितिज र महासचिव सुमनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए

नेपालखबर
जेठ ११, २०८२ आइतबार १९:४०, पोखरा

युवा संघ नेपालको अध्यक्ष पदका लागि अन्ततः वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी समूहबीच प्रतिस्पर्धा हुने भएको छ। सहमतिको प्रयास विफल भएपछि आइतबार क्षितिज र सुमनले दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले आइतबार ढिला गरी प्रतिनिधिहरुको नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन खुल्ला गरेसँगै सवैभन्दा पहिला क्षितिजले उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समयमा अहिले सुमनले पनि आफ्नो उम्मेदवारी दर्ता गराएपछि युवा संघको दशौं महाधिवेशन प्रतिस्पर्धात्मक हुने भएको हो। 

मतदान कार्यक्रम भने सोमबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ।

क्षितिजलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै उम्मेदवारको रुपमा प्रस्तुत गरिँदा प्रत्यासी सुमनलाई चाहिँ वर्तमान महासचिव शंकर पोखरेल समूहको साथ रहेको युवा संघका नेताहरुले दाबी गरेका छन्। 

दुई समूह बन्ने भएपछि १ हजार ७ सय ५३ जना प्रतिनिधिहरु पनि विभाजित भएको र दुवै अध्यक्षका उम्मेदवारले प्यानलसहित नै प्रतिस्प्र्धा गर्ने पनि ती नेताले बताए।

यद्यपि, दुवै समूहले अहिलेसम्म प्यानल चाहिँ सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad