राजनीति


गणतन्त्रको सुदृढीकरणका लागि राजनीतिक नेतृत्व सच्चिनुपर्छ : केसी

गणतन्त्रको सुदृढीकरणका लागि राजनीतिक नेतृत्व सच्चिनुपर्छ : केसी

नेपालखबर
जेठ १०, २०८२ शनिबार २१:३१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन्। 

गणतन्त्र दिवस–२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए। अध्यक्ष केसीले भने, ‘त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ।’
 
नेपाल कम्युनिष्ट पार्टी (मसालं) का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न परिवर्तन पक्षधर नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले भने, ‘प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्न संघर्षलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो।’
 
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए। वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए।
       

वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरुबीचको गहिरो खाडललाई साँघु¥याउँदै लैजानुपर्ने बताए। विश्लेषक झलक सुवेदीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भए पनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले आशातित सफलता पाउन नसकेको जिकिर गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad