सुन, चाँदी र पैसासहित एक सुन पसल सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कोटेश्वर श्रीराम ज्वेलर्शका सञ्चालन गर्ने २७ वर्षीय योगेश श्रीमंत मगरलाई शुक्रबार पक्राउ राती पक्राउ परिएको हो।
कोटेश्वर प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारत, महाराष्ट्र सोलापुर घर भएका मगरका साथबाट प्रहरीले सुन ७३४.२९ ग्राम, चाँदी ९ के.जी. ५०० ग्राम र २८ लाख ९३ हजार रुपैयाँ जफत गरेको छ।

927
Shares

प्रतिक्रिया