नेकपा (एमाले)का महासचिव शंकर पोखरलले नेकपा (माओवादी केन्द्र)ले एमालेमाथि आक्रमण गरिरहेको बताएका छन्। कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए।
'हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वविरुद्धमा जुन हमला भइरहेको छ, जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ। त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरूले जुन हिसाबले हाम्रो विरोध गरिरहेका छन्। त्यो आलोचनाको अन्तर्य के हो भन्ने कुरा बुझ्नुपर्छ। जसको ध्येय, उद्देश्य नै नेकपा (एमाले)लाई कमजोर र समाप्त पार्ने रहेको छ,' उनले भने।
उनले अगाडि भने, 'आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ। कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा (माओवादी) र तिनका कार्यकर्ता अत्यन्त आक्रामकरूपमा प्रस्तुत भइरहेको पाउने गर्दछौँ।'
अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको उनको दाबी छ। महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वको सरकार र एमालेबाट कुनै गलत काम नभएको दाबी गरे।
Shares

प्रतिक्रिया