राजनीति


कोरोना उपचारमा स्वास्थ्यकर्मीलाई यसरी खटाउने सरकारको निर्णय

कोरोना उपचारमा स्वास्थ्यकर्मीलाई यसरी खटाउने सरकारको निर्णय

नेपालखबर
चैत २२, २०७६ शनिबार १६:६,

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको वातावरण बनाइ काम खटाइने सरकारले बताएको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका उपकरण चाँडोभन्दा चाँडो उपलब्ध गराइ कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षालाई मजबुत बनाउने निर्णय गरेको हो।

साथै उनीहरूको स्वास्थ्य सुरक्षामा खलल तथा आँच पुर्याउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम दण्डसजाय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन उनीहरूलाई बिमा तथा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय यसअघि नै भइसकेको छ,’ मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शनिबार साँझ प्रवक्ता खतिवडाले भने, ‘ स्वास्थ्य सुरक्षाका उपकरण यथासक्य यथासम्भव उपलब्ध गराई निश्चित प्रोटोकलका आधारमा पूर्ण सुरक्षाासथ स्वास्थ्यकर्मीलाई काम लगाउने निर्णय गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad