नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली ले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ।
हालको समयमा कोरोना भाइरस(कोभिड १९) ले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको हो, जस्ले हुन्डाईका ग्राहकहरुलाई यस कठिन समयमा आफ्नो सवारी साधनको मर्मतमा कुनै पनि कठिनाईहरू आएमा सहायता प्रदान गर्नेछ।
‘हुन्डाई केयर’ कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिस्चित गरेकोछ। यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिनेछ।
हुन्डाईले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै, आफ्नो कम्पनीको ‘मानवताको प्रगति’को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ। यो कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका साथै कुनै पनि सम्भावित असुविधा कम गर्न प्रतिबद्ध रहेको छ।
Shares

प्रतिक्रिया