कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर साढे ६४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने यसबाट संक्रमितको संख्या १२ लाखभन्दा माथि पुगेकाे छ।
विश्वभरको कोरोना तथ्यांक संकलन गर्ने वल्ड्रोमिटरकाे ताजा अपडेटअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा ६४ हजार ६७२ जनाको मत्यु भइसकेको छ भने यो भाइरसबाट १२ लाख ३७२ जना संक्रमित भइसकेका छन्।
कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा अहिलेसम्म १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ। दोस्रोमा स्पेनमा कोरानाले ११ हजार ९ सय ४७ जनाको ज्यान लिइसकेको वल्ड्रोमिटरकाे तथ्यांकमा उल्लेख छ।
स्पेनपछि कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ८ हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया