राजनीति


डडेलधुरा पुगेका प्रचण्डले गरे देउवालाई फोन, काठमाडौँबाटै देउवाले गरे स्वागत

डडेलधुरा पुगेका प्रचण्डले गरे देउवालाई फोन, काठमाडौँबाटै देउवाले गरे स्वागत

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १२:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले डडेलधुरामा छन्। पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानको सुरुवात गर्न डडेलधुरा पुगेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई त्यहीँबाट फोन गरेका छन्। डडेलधुरा सभापति देउवाको गृहजिल्ला हो।  

'फोनमार्फत प्रचण्डले डडेलधुरा आएको जानकारी गराउनु भयो,' गोविन्द आचार्यले नेपालखबरसँग भने, 'उहाँहरूबीच शिष्टाचार कुराकानी भएको हो। प्रचण्डले म डडेलधुरा आएको छु भन्दा देउवाले स्वागत छ जिल्लामा भनेर भन्नुभयो।'

प्रचण्डले पनि प्रेस सेन्टर डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू र देउवाबीच टेलिफोन संवाद भएको जानकारी गराए। 
  
देउवासँगको टेलिफोनबारे प्रचण्डले भने, 'डडेलधुरा शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नुभएको 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad