सत्तारुढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरु सक्रिय नभएको बताएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदले बजेट च्यातिने चेतावनी दिएकोप्रति असन्तुष्टि जनाउँदै थापाले भने, ‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यरुहरु र भेट्रान नेताज्यहरुलाई सक्रिय देखिरहेको छैन। मलाई आश्चर्य लागेको छ। हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्यूहरुले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन।यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ।’
उनले थपे, ‘यसअघिका तीन जना अर्थमन्त्रीहरु त्यही क्षेत्रबाट भन्नु भएको रहेछ। हामी नयाँ सांसदहरुलाई पुराना पाका र अग्रज सांसदहरुले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि? आज के भन्न मन लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय प्रधानमन्त्री होइन दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ।’
Shares

प्रतिक्रिया