राजनीति


प्रधानमन्त्रीको सल्लाहकार टिममाथि कांग्रेसले उठायो संसद्‌मै प्रश्न

प्रधानमन्त्रीको सल्लाहकार टिममाथि कांग्रेसले उठायो संसद्‌मै प्रश्न

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:२९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टिममाथि सत्तासाझेदार नेपाली कांग्रेसकै सांसदले प्रश्न उठाएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीको सल्लाहकार टिममाथि प्रश्न उठाएका हुन्।  
 
‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ। परराष्ट्रमन्त्री आफैँ सल्लाहाकार हुनुहुन्छ प्रधानमन्त्रीको तर धेरै सल्लाहकार राखिएको छ। राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे,' उनले भने, 'मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।'

सल्लाहकार राखेर राज्यको अर्बौ रकम खर्चिएकोमा उनले प्रधानमन्त्रीमाथि प्रश्न गरे। देशको आर्थिक अवस्था कमजोर भएको थाहा हुँदाहुँदै पनि खर्च गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए। 

खतिवडाले सल्लाहकार राखेर उनीहरूको नाममा पारिश्रम र सुविधाको नाममा भएको खर्चमा प्रश्न उठाउँदै उनले थप भने, 'कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्र स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन्।'

सल्लाहकारलाई संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठेको खतिवडाको भनाइ छ। 

त्यस्तै उनले प्रदेशमा एक मुख्यमन्त्री र चारमन्त्रीमात्रै भए पुग्ने गरी संविधान संशोधन गर्न पनि प्रस्ताव गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad