नेकपा एमाले सांसद सुहाङ नेम्वाङले स्पष्ट ढुवानीमैत्री नीति आवश्यक रहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कर बिमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्ने माग गरे।
‘राष्ट्रको महत्वपूर्ण क्षेत्र ढुवानी तथा यातायात सेवा राष्ट्रको गतिशिलता सुनिश्चित गर्ने मेरुदण्ड हो। हामी सबैलाई थाहा छ, हवाई सेवा नाजुक र भरपर्दो अवस्थामा नहुँदा पनि विपद् वा महामारीको घडीमा खाद्यान्न, औषधि, महामारीका सामग्रीदेखि कृषि उपजसम्म देशका कुनाकुनामा पु-याउने काम यिनै व्यवसायीहरुले गरेका हुन्,' उनले भने, 'तर यति महत्वपूर्ण क्षेत्र अहिले कानुनी अष्टपष्टता, नीति, कार्यान्वयनमा अलमलता, दोहोरो करको बोझ, अनुमति बीमा र कर प्रणालीमा एकद्वार नभएको, पूर्वाधार विकासको अभाव, इन्धनको अस्थिर मूल्यले लागत बढ्दै जानु जस्ता समस्याहरुले ग्रस्त छ। स्पष्ट ढुवानीमैत्री नीति आवश्यक छ। कर बीमा र अनुमति प्रक्रिया डिजिटल एकद्वार प्रणालीबाट सरल बनाइनुपर्छ।'
Shares

प्रतिक्रिया