राजनीति


विकासको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ: सीके राउत

विकासको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ: सीके राउत

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १५:८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरेका हुन्। 

स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनको तर्क छ। विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए। अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए। 

‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ। यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन। विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ,' उनले भने, 'उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन। त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्वन गर्नुपर्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad