काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका वडा- २४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चार वटै घरको अनुगमन गरेकी छिन्।
बुधबार बिहान सुरुमा दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो। त्यसपछि सँगैका तीन वटा घरमा पनि क्षति भएको छ। क्षति भएका घरको अुनगमनसँगै उपप्रमुख डंगोलले घरवेटी दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग पनि कुराकानी गरेकी थिइन्।
‘आगलागी भएको जानकारी पाएसँगै म मखनटोल पुगेर त्यहाँको अनुगमन गरेकी छु,’ डंगोलले भनिन्, ‘अहिलेसम्म ग्यास लिक भएर आगलागी भएको भन्ने छ। आगलागीका घटनाहरु धेरै जसो ग्यास लिक भएर हुने गरेका छन्। हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरुमा पनि अनुगमन गर्ने जानकारी दिइन्।
Shares

प्रतिक्रिया