राजनीति


एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री ओली

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १३:५, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्। 

बुधबार काठमाडौँमा गैरआवासीय नेपाली संघ(एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।  

'नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ। नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ' उनले भने।  

उनले गैआवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गरे। अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने उनको जिकिर छ। उनले आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरूका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह पनि गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad