राजनीति


प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १३:१३, काठमाडौँ

प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

प्रेस चौतारीले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा मनाउने निर्णय गरेकाे छ।

बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे। “झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्”, ओलीले भने। 

उनले सामाजिक सञ्जालमा फैलाइएका भ्रम चिर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। “सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्”, उनले भने।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए। यसले चौतारी आबद्ध पत्रकारहरू वैचारिक रूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने पाण्डेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad