नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताएका हुन्।
जब मान्छेले सबैलाई खुसि बनाउन खोज्छ कोही पनि खुशी हुँदैनन् भनेजस्तो प्राथमिकता के हो भन्नेतिर केन्द्रित हुनुपर्छ। अहिले जुन खालको आर्थिक संकटापन्न, अहिलेको चुनौती र राष्ट्रिय यथार्थलाई चाहीँ मन्त्रीज्युले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नुभएको छैन,' उनले भने, 'हामी अहिले अत्यन्त अप्ठ्यारो स्थितिमा छौं। हामीले जति राम्रो कुरा गरेपनि राष्ट्रको अर्थतन्त्रको स्थिति झन झन शिथिल हुँदै गएको अवस्था छ। र यो जटिल परिस्थितिमा बजेट तर्जुमा गर्नुपर्दा जो अर्थमन्त्री हुँदापनि चुनौतिपूर्ण हो र अपजसपूर्ण छ भन्नेमा कुनै विवाद छैन । मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न सकेका छैनौं।’
सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्नको लागि ऋण लिने गरिएको उल्लेख गर्दै यसतर्फ गम्भीर भएर सोच्नसमेत अर्थमन्त्रीसँग केसीको आग्रह छ।
Shares

प्रतिक्रिया