समाज


सिटामोल र जीवनजल खरिद गर्न औषधि लिमिटेडलाई विभागको पत्र

सिटामोल र जीवनजल खरिद गर्न औषधि लिमिटेडलाई विभागको पत्र

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १२:४९, काठमाडौँ

नेपाल औषधि लिमिटेडद्वारा उत्पादित बिक्री नभएको गुनासोपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिँदै पत्राचार गरेको छ।  

उक्त गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग छलफल गरेर विभागले प्रक्रिया अघि बढाएको हो। 

विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रियाअघि बढाउन पत्राचार गरेको छ।

महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धतापश्चात तत्काल प्रक्रिया अघि बढाएको बताए।

'नियमअनुसार खरिद सम्झौता प्रक्रियाअघि बढ्नेछ', डा. रायमाझीले भने। 

मंगलबार मन्त्रालयमा मन्त्री पौडेलको सक्रियतामा मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुबीच छलफल भएको थियो। मन्त्री पौडेलले आवश्यक औषधि नियमअनुसार मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रियाअघि बढाउने बताएका थिए ।

उनले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधि समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताएका थिए। 

लिमिटेडको औषधि बिक्रीमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा भएको छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनधि तथा लिमिटेडका अधिकारी रहने गरी समस्या समाधान समिति बनाउने समझदारी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad