जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव चिवाचित भएकी छन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट यादवको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन्।
उनका अनुसार समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनीता देवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन्। त्यस्तै समितिको उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।
168
Shares

प्रतिक्रिया