राजनीति


नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेस गरिँदै, कांग्रेस-एमाले दुवैले लगाए ह्विप

नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेस गरिँदै, कांग्रेस-एमाले दुवैले लगाए ह्विप

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८२ आइतबार ७:३८, काठमाडौँ

आर्थिक वर्ष २०८२/८३ को सरकारको  वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्ताका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन्। 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले नेपालखबरसँग भने, ‘नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्यो। सांसदहरु गयल हुने भन्ने हुँदैन। त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ। 

उता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपस्थित हुनका लागि ह्विप पत्र नै जारी गरेका छन्।  

एमाले प्रमुख सचेत महेश बर्तौालले जारी गरेको ह्विप मा भनिएको छ, ‘नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ, नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad