राजनीति


संसद् बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

संसद् बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०८२ आइतबार ६:८, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। 

आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

त्ययताका संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ। 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीको सम्बोधनपछि सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त सांसदहरुका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

त्यसलगत्तै सभामुखले सरकारको नीति तथा कार्यक्रमलाई संसद् बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रममा समर्थन जनाउन कांग्रेस, एमालेसहितका सत्तारुढ दलले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad