राजनीति


कमजोरी नभएको मान्छे छैन, नेताहरूको देवत्वकरण गर्न हुँदैन: प्रचण्ड

कमजोरी नभएको मान्छे छैन, नेताहरूको देवत्वकरण गर्न हुँदैन: प्रचण्ड

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १३:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मानिसका सीमा र कमजोरी हुने भएकाले नेताहरूको देवत्वकरण गर्न नहुनेमा जोड दिएका छन्। 

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म कमजोरी नभएको नेता तथा पार्टी नजन्मिएको बताए। 

‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ। त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ’, प्रचण्डले भने, ‘प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन्। कमजोरी पनि हुन्छन्। महान् लेनिनले भनेको झैँ सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन। कुनै पार्टी पनि जन्मिएको छैन। जन्मिँदा पनि जन्मिँदैन।’

यस भनाइमा उनले आफू वा आफ्नो पार्टीमा पनि कमीकमजोरी रहेको स्वीकार गरेको बुझिन्छ। 

प्रचण्डले अगाडि भने, ‘सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ। त्यसलाई नै इतिहासले महान् भन्छ। त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन्।’

यस क्रममा उनले चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको दाबी पनि गरे। 

अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यतिबेला छन्। हामी ति चुनौतीका विरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एकपटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ।’

तर यसो गर्दा अहिले आफूविरुद्ध प्रतिक्रियावादी, अवसरवादीहरूले घेराबन्दी गर्ने, भ्रम  छर्ने काममा लागेको जिकिर गरे।

उनले भने, हामीले यसो गर्न खोजेबापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्राविरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन्। यो स्वाभाविक रूपले भई पनि राख्छन्।’

तर समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad