राजनीति


मध्यपहाडी लोकमार्गमा माओवादीका १० दिन, यस्ता छन् कार्यक्रम

मध्यपहाडी लोकमार्गमा माओवादीका १० दिन, यस्ता छन् कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १८:९, काठमाडौँ

तराई–मधेसको हुलाकी राजमार्गकेन्द्रित अभियानमा करिब एक करोड मानिस भेटेको दाबी गरेको माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित यात्रा पनि गर्दैछ।

जेठ २ गतेदेखि अभियान सुरु गर्ने भनेको माओवादीले डेलधुराबाट यात्रा थाल्नेछ। माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका अनुसार जेठ १ गते बेलुका डडेलधुरामा भेला भएर जेठ २ गतेदेखि बैतडीको पाटन र डोटीको दिपायलबाट अभियानको थालनी हुनेछ। त्यहाँ जनसभा र जनसंवाद हुनेछन्।

सुरुका १० दिनसम्मको मात्रै कार्यक्रम सार्वजनिक गरेको माओवादीले पोखरामा पुगेर जनसभा गर्नेछ। त्यसपछि बाँकी क्षेत्रको कार्यक्रम सार्वजनिक गरिनेछ।

यस्तो छ माओवादी अभियानको समय तालिकाः
२०८२ जेठ १ गते बेलुका डडेलधुरा

२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद
२०८२ जेठ ३ गते, अछाम मंगलसेनमा जनसंवाद
२०८२ जेठ ४ गते, दैलेख सदरमुकाममा जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलंगमामा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वीरुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङमा जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मामा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा)मा जनसभा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad